अमेरिकामाथि एकसाथ १२ मिसाइल आक्रमण भए पछि तेस्रो विश्वयुद्धको संकेत

अमेरिकामाथि  एकसाथ १२ मिसाइल आक्रमण भए पछि तेस्रो विश्वयुद्धको संकेत

छाँयापाटी

@छाँयापाटी

२०७८ चैत १ गते मङ्गलबार ०८:५३

एजेन्सी – तेस्रो विश्वयुद्धको संकेत देखिन थालेको छ । रुस–युक्रेन तनावका बीच इरानले अमेरिकामाथि हमला गरेको हो । इराकमा अमेरिकी दुतावासमा भएको मिसाइल आक्रमणको जिम्मेवारी इरानले लिएको छ । इरानको रिभोल्युसनरी गार्डसले इरबिलमा...

एजेन्सी –

तेस्रो विश्वयुद्धको संकेत देखिन थालेको छ । रुस–युक्रेन तनावका बीच इरानले अमेरिकामाथि हमला गरेको हो । इराकमा अमेरिकी दुतावासमा

भएको मिसाइल आक्रमणको जिम्मेवारी इरानले लिएको छ । इरानको रिभोल्युसनरी गार्डसले इरबिलमा १ दर्जन मिसाइल हानेको दावी गरेको छ ।

इरानको तर्फबाट सरकारी मिडियामा जारी बयान यो आक्रमण इरबिलमा इजरायलका रणनैतिक केन्द्रहरुमा गरिएको बताइएको छ । मिसाइल

आक्रमणपछि उत्तरी कुर्द क्षेत्रीय राजधानी इरबिलका गभर्नर ओमद खोशनावीले बताएअनुसार यी मिसाइलले अमेरिकी दुतावास र इरबिलमा एक कुर्दिश समाचार च्यानलको कार्यालयलाई निशाना बनाएका थिए ।

मिसाइल आक्रमणपछि दुतावास परिसरमा आगो लागेको थियो । यो आक्रमणमा कुनै पनि मानवीय क्षतिको भने पुष्टि भएको छैन । इरानको

सरकारी समाचार एजेन्सीका अनुसार रिभोल्युसनरी गार्डसले यो आक्रमणको जिम्मेवारी लिँदै बयान जारी गरेको छ । रिभोल्युसनरी गार्डसले इजरायललाई धम्की पनि दिएको छ ।

इरानी सेनाले भनेको छ ‘इजरायलको कुनै पनि आक्रमणको जवाफ कठोर, निर्णायक र विनाशकारी तरिकाले दिइनेछ । यद्यपि अहिलेसम्म यो पुष्टि

भएको छैन कि इरबिलमा इजरायलको उपस्थिति छ कि छैन । यसका बावजुद मिसाइलको निशानामा अमेरिकी दूतावास र सैन्य अड्डा नै रहेका छन् ।

यस्तै यता युक्रेनमाथि रुसले आक्रमण गरेपछि संसारका प्रभावशाली मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाउँदै उसलाई एक्ल्याउन खोजिरहेका छन् । तर रुसलाई विश्वको महाशक्ति मुलुक चीनको साथ प्राप्त छ ।

चीनले रुसलाई सैन्य सहायता उपलब्ध गराएको छैन किनकि उनीहरूबीच सैन्य साझेदारी छैन । तर रुसको सम्बन्धमा तटस्थताको नीति चाहिँ चीनले अपनाएको छ ।

अरू मुलुकले जस्तो रुसलाई चीनले निन्दा गरेको छैन । युद्धलाई कूटनीति तथा वार्ताको माध्यमले अन्त्य गरिनुपर्नेमा चीनले निरन्तर जोड दिँदै आएको छ । रुस आफू संलग्न विवादमा अन्य राष्ट्र तटस्थ बसे मात्र पनि खुशी हुने गर्छ । चीनले अहिले त्यही कदममार्फत रुससँगको मित्रता कायम गरिरहेको छ । source: praharnews

प्रकाशित मिति २०७८ चैत १ गते मङ्गलबार ०८:५३
प्रतिक्रियाहरु