काठमाडौं ।
दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किन लागेको खबर छ । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापाले एसको कार्यक्रममा सहभागिता...
काठमाडौं ।
दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किन लागेको खबर छ । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापाले एसको कार्यक्रममा सहभागिता जनाउन समेत छोड्नुभएको छ ।
‘केहि दिनमा प्रदेश राजधानीमा हुने एक कार्यक्रममा उहाँ एमालेमा फर्कने निश्चित भएको छ ।’ एमाले स्रोतले भन्यो, ‘उहाँ फर्किएपछि भगवतीमाई गाउँपालिकामा नेकपा एमालेको संगठन थप बलियो हुने र आगामी निर्वाचनमा एमालेकै जीत सुनिश्चित हुनेछ ।
अध्यक्ष थापा मात्रै नभई सोही पालिकाका वडाअध्यक्षहरु समेत एमालेमा फर्कने भएका हुन् ।‘अध्यक्ष ज्यूले सुरुमा पनि समाजवादीमा नजाने योजना बनाउनु भएको थियो । विविध कारणले उहाँ उता सनाखत गर्न पुग्नु भएको हो ।
अध्यक्ष थापा निकट स्रोत भन्छ, ‘समाजवादीमा गएपनि उहाँ कुनैपनि कार्यक्रममा सहभागि हुनु भएको छैन । उहाँ एमालेमा फर्कने निश्चित भइसकेको छ तर कति फर्कने भन्ने बारेमा भने सल्लाह भइसकेको छैन ।’अध्यक्ष थापा २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार भइ निर्वाचित हुनुभएको थियो।
नेकपा एस समाजवादीमा सनाखत गरेका दैलेखको भगवतिमाई गाउँपालिकाका केही वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यसहित एमालेमा आज फर्किने भएका छन् । वेस्तडा बजारमा आज आयोजना गरिएको
आमसभामा उनीहरुलाई प्रवेश गराउन लागिएको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताउनुभयो उहाका अनुसार गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा चैत २० गते पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।source-galaxykhabar
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७