बाँकी अब नेपाली सेना मात्र छः रवीन्द्र मिश्र

बाँकी अब नेपाली सेना मात्र छः रवीन्द्र मिश्र

छाँयापाटी

@छाँयापाटी

२०७८ चैत २६ गते शनिवार १०:३८

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले हुँदाहुँदा राष्ट्र बैंकपनि प्रत्यक्ष राजनीतिक हस्तक्षेपमा परेको भन्दै कटाक्ष गरेका छन् । उनले सर्वोच्चदेखि प्रहरी, प्रशासन, विश्वविद्यालय, केही राजनीतिक हस्तक्षेपबाट...

काठमाडौं ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले हुँदाहुँदा राष्ट्र बैंकपनि प्रत्यक्ष राजनीतिक हस्तक्षेपमा परेको भन्दै कटाक्ष गरेका छन् । उनले सर्वोच्चदेखि प्रहरी, प्रशासन, विश्वविद्यालय, केही राजनीतिक हस्तक्षेपबाट टाढा नरहेको टिप्प्णी गर्दै अब ‍बाँकी नेपाली सेना मात्र रहेको बताएका छन् ।

सेना पनि कहिले विथोलिने हो थाहा नभएको मिश्रको कटाक्ष छ उनले जे रोप्यो फल्ने त्यही हो भन्दै काम गर्दा कमजोरी हुनु र नियतवस राष्ट्रघाति हुनमा आकाश जमिनको अन्तर हुने पनि बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हुँदाहुँदा राष्ट्र व्याङ्क पनि प्रत्यक्ष राजनीतिक हष्तक्षेपमा पर्यो। सर्वोच्चदेखि प्रहरी, प्रशासन, विश्वविद्यालय, केही बाँकी छैन। ‍बाँकी, नेपाली सेना मात्र छ।

त्यो पनि कहिले विथोलिने हो थाहा छैन। भोगौँ। जे रोप्यौँ त्यही फल्ने न हो। काम गर्दा कमजोरी हुनु र नियतवस राष्ट्रघाति हुनमा आकाश जमिनको अन्तर छ।’शुक्रबार सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको थियो ।

https://www.facebook.com/rabindramishra.official/posts/540798224071780

प्रकाशित मिति २०७८ चैत २६ गते शनिवार १०:३८
प्रतिक्रियाहरु