आगामी निर्वाचनमा निर्वाचन क्षेत्र फेर्दै ओली, कहाँबाट लड्दैछन्

आगामी निर्वाचनमा निर्वाचन क्षेत्र फेर्दै ओली, कहाँबाट लड्दैछन्

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख १० गते शनिवार ०७:२३

आगामी निर्वाचनमा ओली झापाकै क्षेत्र नम्बर २ बाट लड्ने सम्भावना रहेको छ । गत निर्वाचनमा राप्रपा र माओवादीसँग तालमेल गरेर झापाको ५ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए । यो क्षेत्रमा अहिले पनि राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय...

आगामी निर्वाचनमा ओली झापाकै क्षेत्र नम्बर २ बाट लड्ने सम्भावना रहेको छ । गत निर्वाचनमा राप्रपा र माओवादीसँग तालमेल गरेर झापाको ५ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए ।

यो क्षेत्रमा अहिले पनि राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको पकड छ ।एमाले फुटेको छ भने माओवादी केन्द्र पनि ओलीको साथमा छैन । यस क्षेत्रमा दमक र गौरादह नगरपालिका, कमल र गौरीगञ्ज गाउँपालिका पर्छन् ।

गत निर्वाचनमा दमकको मेयरका निम्ति राप्रपाका राम थापाले दोस्रो र माओवादी केन्द्रका गगन पुरीले तेस्रो स्थान हासिल गरेका थिए । एमालेका रामनाथ ओलीले करिब ७ सयको मतान्तरले मात्र जितेका हुन् ।

सिमानाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठले जितेका छन् भने एमाले पाँचौँ स्थानमा थियो । जिल्ला अध्यक्ष दीपक कार्कीको घर गाउँ गौरादह नगरपालिकामा एमालेबको वर्चश्व छ र पनि मेयरमा नेपाली कांग्रेसका रोहितकुमार साहले जितेका छन् । कमल गाउँपालिकामा कांग्रेस र एमालेका उम्मेदवारले बराबर मत पाउँदा एमालेको तर्फबाट मेनुका काफ्लेले जितेकी हुन् ।

यसै कारण राप्रपासँग चुनावी तालमेल नहुने अवस्थामा ओलीले यो क्षेत्र त्यागेर झापाकै २ नम्बर क्षेत्र तिर जाने सम्भावना बढेको छ । रामजन्मभूमि र हिन्दू मूर्तिको आराधनाजस्ता आफ्ना घोषित मुद्दा खोसेपछि राप्रपा ओलीसँग रुष्ट देखिन्छ । ओलीसँग एमसीसी टेबल गर्ने, बिआरआईलाई रोक्ने भूमिकाको कारण चिनियाँ खुशी छैनन् भने भारतीय पनि दंगदासै भैहाल्ने स्थिति होइन ।

राति राति रअका हाकिमसँग मुलाकात गरे पनि बाहिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राममन्दिरको विषयमा चुनौती दिएकाले दक्षिणी संस्थापन पक्ष ओलीदेखि रुष्ट भएको बताइन्छ । अमेरिका खुशी भएर मात्रै चुनाव जित्न कठिन हुने भएपछि ओलीले सुरक्षित चुनावी क्षेत्र खोजी गर्न शुरु गरेको स्रोतको दाबी छ ।

अहिलेलाई ओलीका निम्ति झापाको २ नम्बर क्षेत्र सुरक्षित बन्ने सम्भावना रहेको बताइन्छ । यसअघि एकपल्ट करिब १७ मतको अन्तरले भए पनि ओलीले नेपाली कांग्रेसकी उम्मेदवार सिके प्रसाईँकी जीवनसंगिनी गिरिराजकुमारी प्रसाईंलाई हराउन सफल भएका थिए । र, त्यसबेला सीपी मैनालीले तेस्रो मत पाएका थिए ।

यदि, ओली त्यहाँबाट उठ्ने मनस्थितिमा पुगे भने अग्नि खरेल र पवित्रा निरौला खरेललाई अन्तकतै व्यवस्थापन गर्नुपर्ने हुन्छ । पूर्वमन्त्री अग्नि खरेल अहिले क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीसाथ बिर्तामोडमा घरजग्गा जोडेर बसिसकेका छन् ।

अध्यक्ष ओलीको अस्थिर स्वभाव र इगोसँग परिचित खरेललाई ०५४ सालमा पार्टी विभाजन हुँदा २ वर्षपछि झापाको दुई निर्वाचन क्षेत्रबाट चुनाव लडेको राम्रै सम्भावना छ ।

अग्नि खरेल र ओली जो आए पनि आफ्नो क्षेत्र छोड्न पर्ने अवस्थाका मार्सी उपमानले परिचित दुर्गा प्रसाईले भने ३ नम्बर क्षेत्रबाट चुनाव लड्ने तयारी गरिरहेका छन् ।

ओलीले उनलाई कांग्रेस नेता कृष्ण सिटौलाविरुद्ध उम्मेदवार बनाएर मैदानमा पठाउने तयारी देखिन्छ । अहिलेदेखि नै प्रसाई उक्त क्षेत्रमा दौडधुप गर्दैछन् ।

उनले घरघर गएर ३ हजार ५ सय तिर्दै परिवारका पाँच जना सदस्यसम्मको स्वास्थ्य बिमा गर्दै हिँडेका छन् । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम प्रसाईंको निम्ति ‘फाइदै फाइदाको काइदा’ भनेजस्तै भएको जानकार बताउने गरेको जनआस्थाले लेखेको छ ।

प्रकाशित मिति २०७९ बैशाख १० गते शनिवार ०७:२३
प्रतिक्रियाहरु