हाम्रो टिमले जीत हासिल गरे तीव्रगतिमा विकाशका काम अगाडि बढाउने छौ- हृदय नारायण चौधरी

हाम्रो टिमले जीत हासिल गरे तीव्रगतिमा विकाशका काम अगाडि बढाउने छौ- हृदय नारायण चौधरी

मुकेश कटुवाल

@छाँयापाटी

२०७९ बैशाख १८ गते आईतबार ०९:१३

उदयपुर १८ चौदण्डीगढी नगरपालिका अन्तर्गत पर्ने वडा नं ९ का नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) तर्फ बाट अध्यक्ष पद का प्रत्यासी उमेद्धार हृदय नारायण चौधरी संग केही भलाकुसारी गरेका छौ १.हृदय नारायण चौधरी जी स्वागत छ छाया पार्टी...

उदयपुर १८ चौदण्डीगढी नगरपालिका अन्तर्गत पर्ने वडा नं ९ का नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) तर्फ बाट अध्यक्ष पद का प्रत्यासी उमेद्धार हृदय नारायण चौधरी संग केही भलाकुसारी गरेका छौ

१.हृदय नारायण चौधरी जी स्वागत छ छाया पार्टी डट कम मा हृदय नारायण चौधरी:धन्यवाद २.हृदय नारायण चौधरी जी तपाईंको उमेद्वारी किन ? हृदय नारायण चौधरी: मेरो उमेद्वारी किन भने मलाई समग्र रूप मा वडा को विकास का निम्ति साथै यहाँ का वडा बासी को हकहित का निम्ति मेरो उमेद्वारी हो ३.तपाईं उठी रहेको यो वडा मा विकास त भई रहेछ त हैन

र हृदय नारायण चौधरी: हजुर लाई के यो विकास भय जस्तो लाग्छ ५ बर्ष मा कति % विकास भो र हेर्नु भाको छ र पुरै वडा का गाउँ गाउँ टोल टोलमा पसेर कसरी विकास भो ४.भने पछि २०७४ मा निर्वाचित जनप्रतिनिधि ले कुनै विकास गरेनन्? हृदय नारायण चौधरी: विकास नै गरेनन् भन्ने हैन केही % विकास भाको छ देख्वटी रूपमा देखिने भेग मा विकास छ तर खोइ त गाउँ टोल तिर विकास भाको हिजो जस्तो थियो

आज पनि त्यही अवस्था मा छ ५. तपाईं ले जितेको खण्ड मा के के चीज मा विकास गर्नु हुन्छ त जन्ता माझ त्यस्तो प्रतिवद्ता के छ? हृदय नारायण चौधरी: यो प्रस्न को लागि धेरै धेरै धन्यवाद यदि हाम्रो टिम ले नै जितेको खण्ड मा हामीले गर्ने काम भनेको १. यस क्षेत्र का जन्ता लाई स्वास्थ क्षेत्र मा निःशुल्क स्वास्थ बीमा गर्ने छौ

२. शिक्षा क्षेत्र मा निःशुल्क १२ सम्म शिक्षा प्रधान गर्ने छौ ३.कृषि क्षेत्र मा निःशुल्क कृषक ले पाउने सामग्री वितरण गर्ने र त्यसको उत्पादन बढाउने छौ ४.यस त्रियुगा नदी मा ज्याम्रे र हडिया जोड्ने एउटा तत्काल लाई झोलुङ्गे पुलको निर्माण गर्न पहल गर्ने छौ ५. महिला तथा दिदी बहिनी हरु लाई सीपमूलक कार्यक्रम मा सहभागी बढाउने छौ

६. जेष्ट नागरिक हरु लाई विशेष खाले योजना लागू गर्ने छौ ७.बेरोजगार युवा साथी लाई यस क्षेत्र मा कलकारखाना स्थापना गरेर रोजगार दिने छौ र सीपमूलक कार्यक्रम मा सहभागी गराई नगर को बजेट बाट समेटेर युवा हरु लाई अगाडि बढाउने छौ लगायत धेरै भिजन छ हामी संग एकचोटी काम गर्ने मौका दिनु परो यहाँ का जन्ता ले यो योजना

५ बर्ष भित्र पूरा गर्ने छौ त्यसपछि जन्ता ले आफै मूल्यकान गर्नेछन् हृदय नारायण चौधरी जी तपाईंले हामीलाई तपाईंको अमूल्य समय दिनु भएको मा धेरै धेरै धन्यवाद दिन चाहन्छौं? हृदय नारायण चौधरी:हजुर लगायत सम्पूर्ण टिमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो पनि केही कुरा राख्ने मौका दिनु भएको मा

प्रकाशित मिति २०७९ बैशाख १८ गते आईतबार ०९:१३
प्रतिक्रियाहरु