काठमाडौं -: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका महासचिव विष्णु पौडेलले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ‘। ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ । हामी सधैं प्रेस स्वतन्त्रताको छौं र हुनेछौं ‘।
श्रमजीवी पत्रकारको समस्य समधानका लागि हामी तयार छौं ।’ यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको आरोपपत्र पार्टी विभाजनको आधार बनेको पौडेलको भनाइ छ । प्रचण्डले ओलीमाथि लगाएको आरोपपत्रमा उल्लेख गरिएको एउटा विषय पनि पुष्टि गर्न नसकेको पौडेलले बताए’ ।
‘उहाँले आरोप लगाउनु भयो । तर उहाँले स्थायी समिति र केन्द्रीय समिति बैठकमा छलफल गर्न तयार हुनु भएन । पार्टीको संसदीय दलमा पनि उहाँले अविश्वासको प्रस्ताव लाउन सक्नुभयो । उहाँहरु छक्का पञ्जामा लाग्नु भयो’ पौडेलले भने’ । संसद विघटनबारे सर्वोच्च अदालतले लिने निर्णय मान्य हुने उनको भनाई छ’ । तर उनले संसद पुनःस्थापनाको कुनै सम्भावना नरहेको दाबी गरे ।
प्रतिनिधिसभाका बहुमत सदस्यको साथमा संसद विघटन गरिएकाले पौडेलले बताए । ‘संसद अनुशासित हुन सकेन भनेर ताजा जनादेशका लागि जान संसद विघटन गरिएको छ । तोकिएको समयमा निर्वाचनमा हुन्छ ‘। निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन सम्मान गर्न सक्षम रहेको छ ।
राजनीतिक दलले निर्वाचनमा जानका लागि अदालतको निर्णयको प्रतिक्षा गरिरहेको अवस्था छ’ । निर्वाचन हुन सक्दैन भनेर भ्रम सिर्जना गर्न खोजिएको छ । राजनीतिक दल निर्वाचनमा जान तार छन् निर्वाचन आयोग निर्वाचन गर्न तयार छ भने कसले रोक्छ निर्वाचन ?
पौडेलको प्रश्न छ । ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुमतसहित देश सबैभन्दा ठूलो दल भन्ने उनको दाबी छ । यस्तै फरक प्रसंगमा सबै नेपालीलाई निशुल्क कोरोना खोप उपलब्ध गराउने अर्थमन्त्री समेत रहेका पौडेलले बताए ‘।
प्रकाशित मिति २०७७ माघ ८ गते बिहिबार ०८:३२