एमाले सांसद पनि बामदेवको पार्टीमा लागे पछि ओली तनाबमा

एमाले सांसद पनि बामदेवको पार्टीमा लागे पछि ओली तनाबमा

छाँयापाटी

@छाँयापाटी

२०७९ असार १४ गते मङ्गलबार ०५:४२

तत्कालीन नेकपा विभाजनपछि तटस्थ रहँदै झन्डै डेढ वर्ष ‘एकता अभियान’ चलाउनु भएका नेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्नुभएको छ । आज भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि उहाँले औपचारिक रुपमा पार्टीको नाम सार्वजनिक...

तत्कालीन नेकपा विभाजनपछि तटस्थ रहँदै झन्डै डेढ वर्ष ‘एकता अभियान’ चलाउनु भएका नेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।

आज भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि उहाँले औपचारिक रुपमा पार्टीको नाम सार्वजनिक गर्नुभएको हो ।

‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको उक्त पार्टीको संयोजक गौतम आफैँ रहनुभएको छ भने ६९ जना केन्द्रीय सदस्य छन् ।


केन्द्रीय कमिटीमा एमालेबाट प्रतिनिधिसभा सांसद रहनुभएकी गौतमकी पत्नी तुल्सी थापा पनि रहनुभएको छ ।

थापा गौतमको नयाँ पार्टीको केन्द्रीय सदस्य भएसँगै उहाँको सांसद पद धरापमा परेको छ । समानुपातिक सांसद भएकाले एमालेले थापालाई तत्काल हटाउन सक्ने सम्भावना छ । गौतमको पार्टीमा श्रीमतीसँगै छोरा र निजी सचिव पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

 

प्रकाशित मिति २०७९ असार १४ गते मङ्गलबार ०५:४२
प्रतिक्रियाहरु