अमेरिकाको भर पर्दा फस्यो नमज्जाले फस्यो ताइवान, चीनको जनमुक्ति सेनाले गर्यो अहिलेसम्मकै भयङ्कर घोषणा !

अमेरिकाको भर पर्दा फस्यो नमज्जाले फस्यो ताइवान, चीनको जनमुक्ति सेनाले गर्यो अहिलेसम्मकै भयङ्कर घोषणा !

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २४ गते मङ्गलबार ०९:२९

एजेन्सी । अमेरिकाको भर पर्दा ताइवान नमज्जाले फस्ने भएको छ । चीनाको जनमुक्ति सेनाले अहिलेसम्मकै ठूलो घोषणा गरेको हो । चीनीया जनमुक्ति सेनाले पहिलो चरणको घोषित सैन्य अभ्यासलाई ताईवानलाई पुनः एकीकरण नगरेसम्म जारी राख्ने घोषणा...

एजेन्सी । अमेरिकाको भर पर्दा ताइवान नमज्जाले फस्ने भएको छ । चीनाको जनमुक्ति सेनाले अहिलेसम्मकै ठूलो घोषणा गरेको हो ।

चीनीया जनमुक्ति सेनाले पहिलो चरणको घोषित सैन्य अभ्यासलाई ताईवानलाई पुनः एकीकरण नगरेसम्म जारी राख्ने घोषणा गरेको छ ।

सले दक्षिणी चीनीया सागरमा थप तनाव बढ्ने अनुमान गरिएको छ । गत मंगलबार अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसीले चीनको चेतावनीका बीच ताईवान भ्रमण गरेपछि आक्रामक बनेको जनमुक्ति सेनाले

ताईवानलाई ६ तिरबाट घेरेर भीषण सैन्य अभ्यास शुरु गरेको थियो । ४ अगष्ट देखि ७ अगष्ट सम्म घोषित अभ्यास हिजै सकिए पनि थप अभ्यास जारी राखिएको छ ।

चीनको रकेट फोर्स, स्ट्राटेजिक फोर्स, एयरफोर्स, जलसेना र थल सेनाले ताईवानी सीमानामा अभ्यास गरिरहेको छ ।

आजको अभ्यासमा एन्टी सबमरिन ध्वस्त पार्ने, रणनीतिक क्षेप्यास्त्र सटिक प्रहार गर्ने र स्थल, हवाई र जल क्षेत्रबाट सँयुक्त कार्बाहीको वास्तविक अभ्यास भईरहेको जनमुक्ति सेनाको ईस्टर्न थिएटर कमाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जनमुक्ति सेनाको यो अभ्यासका क्रममा ताईवानमा नाकाबन्दी जस्तो बनेको छ । ताईवान भित्र जान र बाहिर जान जल मार्ग बन्द जस्तै अवस्थामा छ भने हवाई रुट पनि प्रभावित छ ।

पेलोसीको भ्रमणपछि चीनले ताईवान एकीकरण अभियान तीव्र पार्ने भएको छ । Source: Prahar news

प्रकाशित मिति २०७९ साउन २४ गते मङ्गलबार ०९:२९
प्रतिक्रियाहरु