काठमाडौं, २५ साउन ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुको र उपेन्द्र यादव–महन्थ ठाकुरको एजेण्डा मिल्ने बताएका छन् । आगामी निर्वाचनमा उनले यादव र ठाकुरले नेतृत्व गरेको पार्टीबीच सहकार्य हुने पनि विश्वास दिलाए ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
आगामी निर्वाचनमा तपाईँलाई उपेन्द्र यादव र महन्थ ठाकुरले साथमै लिएर जानुहोला र ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने–‘जानुहुन्छ, किन जानुहुन्न ? हामीसँग कुनै दुश्मनी छ र ?
हाम्रो मुद्दा एउटै छ, एजेण्डा एउटै छ, मधेशी जनताको लागि काम गर्दैछौं भने हामीबीच भावना मिल्छ ।’ निर्वाचनमा सहभागी हुँदै गर्दा आफूहरुलाई जसपा र लोसपा दुवै दलले साथ दिने उनको विश्वास छ ।
उनले नेपालमा अहिले १५० भन्दा बढि दल रहेकोमा तीमध्ये पपुलर मतको आधारमा आफ्नो दल आठौं स्थानमा रहेको पनि दाबी गरे । उनले भने,‘अहिले सत्तामा बसेका दलभन्दा हामीले बढि मत ल्याएका छौं ।
हामीले त धेरै सम्माजनक मत ल्याएका छौं ।’ राउतले नेपालमा अहिलेपनि को मन्त्री बन्ने कुरा दिल्लीमा निर्धारित हुने गरेको सनसनीपूर्ण टिप्पणी गरेका छन् ।
उनले भने,‘अहिले पनि भर्खरै को को जानुभयो भन्ने कुरा तपाईँलाई थाहै छ होला, त्यहाँ सम्झौता गरेर नै आउनुभयो होला । यो देशको मन्त्री वा प्रधानमन्त्री त ठूलो कुरा हो, यहाँ सचिव पनि को बन्छ नि, त्यो पनि बाहिरबाट निर्धारित भएर आउँछ ।
राउतले नेपाली राजनीतिमा भारतको मात्रै नभएर चीनको पनि उत्तिकै दबाब रहेको आरोप लगाए । उनले आफू भारतको निकट नेता नभएको पनि उल्लेख गरे ।
उनले भने,‘म कसरी भारतको निकट नेता हुँ ? म त जनताको निकट छु ।’ उनले आफू स्थापित हुनको लागि भारतको भन्दापनि जनताको आर्शिवाद आवश्यक रहेको सुनाए ।
काठमाडौं ।
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमालेको नीति एमालेकै नेतृत्व रहेको बताएका छन् । ट्वीटरमा एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले एमाले एक्लो हुँदा पनि आफ्नै नीतिमा अडिक रहेको बताएका छन् ।
‘एमाले एक्लो परेकोमा कसैलाई बहुत तोड परेछ । पीरले होइन, खुसीले,’ उनले लेखेका छन्, ‘बहुत राम्रो र स्पष्ट विष्लेषण । किनकी देशमा पार्टी भनेकै एमाले छ । अरु त गठबन्धन भैहाले ।’
नेता बाँस्कोटाले एमाले बनाएको एमाले हुनकै लागि रहेको भन्दै अगाडि लेखेका छन्,‘एमालेको नीति एमालेकै नेतृत्व । रुखको नेतृत्वमा भाइ कांग्रेस हुने वामपन्थीले समाजवादी स्याउ फलाउन सक्दैनन् ।Source-sagarmathadaily
प्रकाशित मिति २०७९ साउन २५ गते बुधबार १२:०८