प्रखर वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह आज विवाह वन्धनमा बाँधिने भएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कस्ने भएका छन । उनीहरु दुवै दृष्टिविहिन हुन् । आज सोमबार का दिन दुवै को विवाह भब्य हुनेभएको छ...
प्रखर वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह आज विवाह वन्धनमा बाँधिने भएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कस्ने भएका छन । उनीहरु दुवै दृष्टिविहिन हुन् । आज सोमबार का दिन दुवै को विवाह भब्य हुनेभएको छ । आज बिहेकै दिन भनेर नन्दा पनि भरिभराउ भएर सजिएकी छिन ।नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ ।
३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।कल्पना दाहाल मण्डपमा पुगेर रमेश र नन्दा संग फोटो खिच्दै गर्दा माहोल अर्कै बनेको थियो ।
जान मन थियो हाम्लाई नी जन्ती, हामी जन्ती अरु चैं लोकन्ती’ यो गीत कुनै दोहोरी कार्यक्रममा गाईएको लोकगीत होइन न त कुनै दोहोरी साँझमा नै कलाकारहरुले गाएका हुन् । यो गीत आज भएको रमेश प्रसाईँको बिहेमा जन्ती भएर गएकी कल्पना दाहाले गाएकी हुन् ।
धेरैको धेरै थरिको भनाई थियो कि कल्पना रमेश र नन्दाको बिहे जान्छिन् या जाँदिनन् भन्ने । यद्यपी कल्पनालाई भने रमेश र नन्दा दुवैले बिहेको निम्तो भने दिएका थिए । निम्तो पाएपछि बिहेमा को जाँदैन होला र ? त्यसमा पनि कल्पना त दर्शकले रुचाईएकी रमेशकी जोडी हुन् । उनलाई त जानु नै थियो ।
जब कल्पना रमेशको बिहेमा पुगिन् तब सबै ध्यान कल्पनातिर गयो । कल्पनाले रमेशको बिहेमा निकै नै रमाईलो गरिन् । साथै उनले रमेशको बिहे खान गएका सबैलाई नै आफ्नो बिहेमा पनि आउनु भन्दै अग्रिम निम्तो दिएर पनि रमाईलो गरिन् । कल्पनाले बिहेमा नचाचेको धेरै भएको थियो भन्द्रै रमेश दाई र नन्दा भाउजुको बिहेमा धोको फेरेर नाच्ने पनि बताईन् ।
बिहेमा रातो लागउनु पर्छ भन्दै आफुले रातो लगाएको बताएकी कल्पना रातै रंगमा सजिएर बिहेमा पुगेकी थिईन् । उनले आफुलाई पनि रातो रंग नै विषेशगरी मन पर्ने भएको हुनलो र बिहेको माहोल भएको हुनाले रातै लगाएको बताईन् । रातो र गोल्डेन परिहरनमा कल्पना साँच्चिकै खुलेकी थिईन् । भिडियो
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७